दर्शक बिनै बुण्डेस लिगा सुरु गर्ने घाेषणा

काठमाडाैं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका सबै प्रमुख फुटबल प्रतिस्पर्धा रोकिएका छन् । अझै पनि रोकिएका लिगहरु कहिले सुरु हुने भन्ने यकिन छैन ।

तर कोरोना भाइरसको संक्रमण नियन्त्रण तर्फ गएको जर्मनीको बुण्डेसलिगा फुटबल भने अब पुनः सुचारु हुने तयारी भएको छ । आउँदो मे ९ देखि बिना दर्शक बुण्डेसलिगाका खेलहरु सञ्चालन गर्ने तयारी भएको हो ।

जर्मन फुटबल लिगले यो सिजनका बाँकी खेलहरु पूरा गर्ने निर्णय गरेको हो । बिहीबार बुण्डेस लिगा र दोस्रो डिभिजनका क्लबहरुको बैठक बसेको हो । त्यसपछि आउँदो मे ९ देखि दर्शक बिना नै खेल सञ्चालन गर्ने निर्णय भएको हो ।

Loading...