मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको अवधि थपिन सक्ने

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार लकडाउन ७ वा १० दिन बढ्नसक्ने छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने स्रोतले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशाला प्रमाणित छन्। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि पिसिआर टेस्टको रिपोर्ट आएको छैन।

Loading...