भारतमा वैशाख २१ सम्म लम्ब्याइयो लकडाउन

काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ। 

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए। केही राज्यले आफै लकडाउन बढाइसकेका छन्। उनले आगामी एकसाता अर्थात अप्रिल २० सम्म लकडाउनलाई कडाइकासाथ लागु गरिने बताएका छन्।

‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित सिपाहीले जसरी देशको कर्तव्य निभाइरहनु भएको छ ।’

Loading...