भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं, ३ चैत । कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ ।भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस्सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ’, दूतावासले भनेको छ ।

दूतावासले भिसा रद्द भए पनि एमआरभी शुल्क भुक्तानी गरिएको मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी समेत दिएको छ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्टका लागि निर्देशनको पालना गर्न समेत दूतावासले आग्रह गरेको छ । अमेरिकाले आफ्नो देशमा यसअघि नै राष्ट्रिय आपतकाल घोषणा गरिसकेको छ भने युरोपबाट यात्रामा प्रतिबन्ध लगाएको छ।

Loading...