कार्तिक २ ,काठमाडौँ / न्युरोड ,सुन्धारा, महाबौध,खिचापोखरी आसपास व्यापारिक क्षेत्र आसपास बाट पार्किङ्गमा रहेका मोटरसाइकल चोरी गरि भारत पुर्याउने गिरोह प्रहरीको फन्दामा परेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाले असोज १५ गते चेकिङ्गको क्रममा चोरीको मोटर साइकल गुडाउदै गर्दा ललितपुर महालक्क्ष्मी नगरपालिका ५ का मिलन श्रेष्ठ पक्राउ परेका थिए । करिब ६/७ महिनाको दौरानमा यस क्षेत्र बात १० वटा भन्दा बदी मोटरसाइकल च्रोरी स्विकारी सकेको वृत्त बताएको छ ।
मुख्य अभियुक्त श्रेष्ठले चोरी गरेको मोरसाइकल ५,००० / ६,००० मा सिराहा घरभई हाल ललितपुर बालकुमारी स्थित हाम्रोपाट्स वर्कसपका संचालक विश्वो नाथ महतो लाई बिक्रि गर्ने र भारत बिहार घर भइ ललितपुरमा बस्ने वसिक आलमको मिलेमतोमा सजिलै तराई तथा नाक कटाई भारतको विभिन्न ठाउमा बेच्ने गरेको खुलासा भएको छ ।
चोरिएका मोटरसाइकल मध्ये १ वटा महतोको वर्कसप बात २ वटा सिराहाबाट , १ वटा श्रेष्ठ बाट , बरामद भैसकेको र २ वटा सिराहा बात , २ वटा भारतको बिहार बाट झिकाउने क्रम प्रक्रिया रहेको वृत्त प्रमुख मोहन कुमार थापाले बताउनु भएको छ । वृत्तले बुधबार मात्रै २५,००,००० पच्चीस लाख बराबरको ठुलो परिमाणमा बिष्पोटक जन्य पटका सहित असनबाट केहिलाई नियेंत्रणमा लिएको थियो ।