कोरोनाबिरुद्धको संघर्षमा एक्यबद्धता

फागुन ४ ,ललितपुर ।

मित्रराष्ट्र चीनको उहान लगायतका शहरहरुमा कोरोना भाईरस बिरुद्धको तीव्र संघर्षमा एक्यबद्धता जनाउन पाटन दरबार स्क्वायरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
प्रकोपबाट पीडित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै अरनिको सांस्कृतिक एवं ब्यावसायिक प्रवर्द्धन समाजले उक्त कार्यक्रमको आयोजना गरेको आज पाटन दरवार क्षेत्रमा एक कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष अजरमान जोशीले बताएका छन ।
कार्यक्रममा चीन नेपालको एक असल छिमेकी मित्र राष्ट्र हुनुका साथै परापूर्वकाल देखि हाम्रो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउँदै छिमेकी मित्र राष्ट्र लाई परेको यस दुखद घडीमा साथ छौं भन्ने सन्देश उपस्थित ब्यक्तित्वहरुले दिन चाहेका छन । चीन हामी साथमा छौं भन्ने एक्यबद्धताको नाराका साथ विद्यार्थीहरु, स्थानीय, विदेशी पर्यटकहरू, माननीय सांसद, राजनैतिक दल का नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

Loading...