विशेष सूचनाका आधारमा ३३ किलो गाँजासहित भारतीय पक्राउ

काठमाडौं ४ फागुन । ३३ किलो गाँजा कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो।

यादवले चलाएको जेएच९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई पक्राउ गरिएको हो। मनहरीबाट हेटौडातर्फ आउँदै गरेको उक्त कारमा सिटमुनि लुकाएर गाँजा तस्करी गर्न लागिएको विशेष सूचनाका आधारमा गएराति प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

Loading...