वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर

भक्तपुर, ४ फागुन चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका बीच आइतवार उनीहरुलाई उद्धार गरी भक्तपुर ल्याइएको हो ।

यसअघि वुहानबाट ल्याइने नेपालीलाई राख्ने निर्णय भएदेखि नै असन्तुष्ट भक्तपुरवासी आइतवार भने शान्त रहे । बिहान त्रिभुवन विमानस्थलदेखि खरिपाटीस्थित विधुत प्राधिकरणको तालिम केन्द्रमा कायम गरिएको क्वारेन्टाइनसम्म बिना अवरोध आफ्ना उद्धार गरिएका नागरिकलाई राख्न सरकार सफल भएको छ ।

उनीहरुलाई पर्यटक बसहरुमा राखेर विमानस्थलबाट बिहान करिब ४ बजे भक्तपुरतर्फ ल्याइएको थियो । खरीपाटीसम्म आइपुग्दा न बाटोमा न त क्वारेन्टाइन प्रवेशस्थलमा कतै पनि बिरोध प्रदर्शन नभएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले जानकारि दिए । समाचारमा सुनिएको जस्तो बिरोध भक्तपुरमा नभएको भन्दै उनले विद्यार्थी खुशी भएका र उनीहरुले सरकार र भक्तपुरका स्थानीयलाई धन्यवाद दिएकाे बताए । विद्यार्रथीहरुले स्थानीयप्रति आभार ब्यक्त गरेकाे पनि उनले जानकारी दिए ।

घर फर्किन चाहेका १८५ मध्ये ४ जना फर्कन नमानेका र ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि फर्कन नपाएकाे बताइएकाे छ । साेही कारण १७५ जना आफ्ना नागरिक लिएर नेपाल वायु सेवा निगमको एयरबस ए३३० अन्नपूर्ण’ विहान करिब ३:३०बजे काठमाडौं आइपुगेको थियो । वुहानबाट उद्धार गरिएकालाई खरीपाटीस्थित क्वारेन्टाइनमा र उनीहरुलाई लिन गएको जहाजका चालकसहित क्याविन क्रुलाई भने नगरकोटस्थित क्वारेन्टाइनमा राखिएको छ ।

Loading...