३५ रनमा समेटियो अमेरिका, सन्दीपले लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाले नेपाललाई ३६ रनको भिनो लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो ।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो ।नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ ।

Loading...