सिरियाको इदलिबमा हवाई आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ । विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो ।

रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् । ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।

Loading...