तेस्रो लिंगीको हत्यामा संलग्न ५ जना पक्राउ

मकवानपुर, २१ माघ। हेटौडामा हत्या गरिएकी तेस्रो लिङ्गी अजिता भुजेलका हत्याराहरु फेला परेका छन् । मकवानपुर प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको छ । प्रहरीले भुजेलको हत्यामा संलग्न रहेको भन्दै हेटौडाकै १८ वर्षीय सिमोन परियार, २० वर्षिया एलिसा थापा, २१ वर्षका वुद्ध लामा, २४ वर्षका आशिष बल र शुशिल थापामगरलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न थप दुई भने फरार रहेका छन् ।

तेस्रो लिङ्गी भुजेलसंग परियार र थापाले यौन सम्बन्ध बनाएपछि पैसाको विषयमा बिबाद बढ्दा हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशिलसिंह राठोरका अनुसार मकवानपुर प्रहरी र अपराध अनुसन्धान महाशाखा काठमाडौको संयुक्त अनुसन्धानबाट हत्यारा फेला परेका हुन् ।हत्याराले ट्रकभित्र सेक्स र हत्या पछि सोही ट्रकमै राखी क्याम्पा डाडामा पुर्याएर शव फालिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

हत्या गरिएकी भुजेलको हराएको मोबाइल भेटीएपछि हत्याको रहस्य खुलेको बताइएको छ । परियारले बुद्धलाई,उनले आशिष लाई र आशिषले आफ्नी श्रीमतीलाई मोबाइल दिएका थिए । आशिषकी श्रीमती एलिसाले मोबाइल खोल्नासाथ प्रहरीले पाँच जनालाई पक्राउ गर्न सफल भएको छ । अन्य दुई भने अझै फरार छन् । माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

Loading...