काष्ठमण्डप पुनःनिर्माणको लागि दोश्रो अनुदान बापत पाँच करोड प्रदान

माघ १० ,काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको लागि काठमाडौँ महानगर पालिकाले दोश्रो पातकको अनुदान बापत पाँच करोड प्रदान गरेको छ ।
महाभूकम्पले जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तलाे भुइँ तल्ला छानाबाहेक निर्माणको काम सकिएको छ । दुई वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित एक वर्षअघि शुरू गरेको काष्ठमण्डपको ५५ प्रतिशत काम सम्पन्न भएको छ। गएको अषार सम्म हाल सकिएको काम सकाउने उदेश्य समितिले लिएता पनि काठ अभावका कारण ढिलाई भएको समितिले बताएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहिबार उक्त रकमको चेक पुनःनिर्माण समितिलाइ हस्तान्तरण गर्नुभयो । कार्येक्रममा मेयर शाक्यले महानगर भित्रका पुरातात्विक सम्पदा पुननिर्माण सम्रक्षनका लागि सदैव अग्रसर रहने बताउनुभयो ।काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं वागमती प्रदेशसभा सांसद राजेश शाक्यले अझै ८ हजार क्युफिट काठ ल्याउन बाँकी रहेको बताउँदै त्यसमध्ये हेटौंडा र बर्दिबासबाट थप काठ ल्याउन कटान गरि सकिएको बताउनुभयो ।

उक्तअवसरमा महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, केन्द्रीय सांसद कृष्णगोपाल श्रेष्ठ लगाएतले काष्ठमण्डप पुनःनिर्माणको बारेमा आआफ्नो धारणा राखेका थिए ।

१२औँ शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो । पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । काष्ठमण्डपमा कुल १०० थान मेथमध्येमा २९ सातौँ शताब्दीमा प्रयोग गरिएका थाम राखिएको छ । पुनःनिर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि समेत पुरानै परम्परागत तरिका बाट निर्माण भइरहेको र पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको समितिले बताएको छ ।

Loading...