चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि २० करोड घुस मागेको अरोप

काठमाडौ, २३ पुस । झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीले २० करोड रुपियाँ घुस मागेको आरोप लागाएका छन । तर आरोपित डा गिरीले आरोपको इन्कार गर्दै प्रमाण सार्वजनिक गर्न आग्रह गरेका छन । झापाको बी एण्ड सी मेडिकल कलेजको थप सम्बन्धनका लागि सो रकम माग गरेको सञ्चालक दुर्गा प्रसाईले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरे ।

गत मङ्सिर १५ गते काठमाडौंको गौशालामा रहेको होटल द्वारिकाजमा आफूसँग २० करोड रुपियाँ घुस मागेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन । माथिसम्म पनि पैसा बुझाउनु पर्ने भएकाले २० करोड रुपियाँ माग गरेको टेलिफोन रेकर्ड आफूसँग सुरक्षित रहेको प्रसाइले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रसाइले लगाएको आरोपको डा श्रीकृष्ण गिरीले खण्डन गरेका छन । उनले आफूले घुस मागेको प्रमाण पेश गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेका छन । आरोेपित डा गिरीले भने ,‘यो कपोकल्पित, भ्रामक र आपराधिक मानसिकताबाट आरोप लगाउने प्रयास हो, मैले घुस मागेको प्रमाण पेश गर्न म अनुरोध गर्दछु ।’

Loading...