अमेरिकाले आक्रमणको जवाफ दिए इजरायल र युएईमा आक्रमण गर्ने इरानको चेतावनी

ऐजेन्सी

काठमाण्डौं, २३ पुष । इराकमा रहेका अमेरिकी सैनिकको अखडामा आक्रमण गरेको केही समयमै इरानले अमेरिका त्यसको जवाफी कारबाही गरेमा इजरायल र युएईमा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको छ ।

इरानले दियो क्षत्रिय युद्धको चेतावनी

बुधबार बिहान गरेको मिसायल आक्रमणपछि इरानी अधिकारीले कुनैपनि अमेरिकी जवाफी कारबाहीबाट क्षत्रिय युद्धलाई बढावा दिने बताएका छन् । इरानी राष्ट्रपति हसन रुहानीका एक सल्लाहकारले बुधबार ट्विट गर्दै भनेका छन् कि, ‘इराकमा अमेरिकी शैन्य अखडामा गरिएको मिसाइल आक्रमणमा अमेरिकाको कुनैपनि जवाफी कारबाहीले मध्यपूर्वमा चौतर्फि युद्ध हुन सक्छ ।’

आक्रमणमा ८० अमेरिकी आतंकवादी मारिए – इरानी सरकारी टिवी

इरानी सरकारी टेलिभिजनले आक्रमणका क्रममा ८० अमेरिकी सेना मारिएको दावी गरेको छ । इराकमा रहेको अमेरिकी सेनाको अखडामा १५ मिसायल आक्रमण गरेको समेत उक्त टेलिभिजनले दावी गरेको छ । उक्त घटनामा अमेरिकी हेलिकप्टर तथा शैन्य उपकरणमा समेत गम्भीर रुपमा क्षति पुगेको जनाइएको छ ।

आक्रमणमा इराकी मारिएका छैनन 

इराकी सेनाले इरानी मिसायल आक्रमणमा इराकी नागरिक हताहत नभएको बताएका छन् । बिहान १ः४५ देखि २ स्१५ सम्म भएको उक्त मिसायल आक्रमणमा इराकीहरु कोही हताहत नभएको बताइएको छ ।

नर्वेले भन्यो हाम्रा सैनिक घाईते भएका छैनन्

नर्वेले उक्त आक्रमणमा आफ्ना कुनै पनि सैनिक घाईते नभएको बताएको छ । नर्वेका शैनिक प्रवक्ताले रोयटर्स समाचार ऐजेन्सीलाई बताउँदै आफ्ना शैनिक उक्त आक्रमणमा नपरेको जनाएको हुन् । इराकमा नर्वेका ७० सेना रहेको पनि नर्वेको शैनिक मुख्यालयले जनाएको छ ।

आफ्ना सेना आक्रमणमा नपरेको डेनर्माकद्धारा जानकारी

यसैबीच डेनमार्कले पनि आफ्ना कुनै पनि सेना उक्त आक्रमणमा घाईते नभएको जनाएको छ । डेनमार्ककका शसस्त्र बलले इराकी अरअसद एयरबेसमा भएको आक्रमणमा आफ्ना कोही पनि सेना घाइते नभएको बताएको छ । हाल इराकमा डेनमार्कका १३० सेना रहेका छन् । उनीहरु इस्लामिक स्टेट अफ इराक एण्ड लेवेंट ९आइएसआइएल या आईएसआईएस० को सशस्त्र मसमूहसँग लड्नका लागि अन्तराष्ट्रिय गठबन्धनको हिस्साको रुपमा रहेको बताइएको छ ।

भारतले जारी गर्यो ट्राभल एड्वाइजरी

अमेरिका र इरानका कारण मध्यपूर्वमा बढेको तनावका कारण एसियाका देशहरुले आफ्ना नागरिकलाई सचेत गराएका छन् । यसैबीच भारतीय विदेश मन्त्रालयले अर्को सूचना जारी नगर्दा सम्म आफ्ना नागरिकलाई इराकको भ्रमण नगर्न निर्देशन जारी गरेको छ भने इराकमा रहेका आफ्ना नागरिकलाई सर्तक रहन आग्रह समेत गरेको छ ।

मन्त्रालयका प्रवक्ता रवीश कुमारले मध्यपुर्वको बढ्दै गएको तनावलाई मध्येनजर गर्दै ट्राभल एड्वाइजरी जारी गरेर आफ्ना नागरिकलाई सर्तक गराएका हुन् । रवीश कु्मारका अनुसार इराकको वगदादमा र इरबिलमा शहरमा रहेका भारतीय दूतावास अन्यदिनमा जस्तै कामगर्ने र इराकमा रहेका भारतीय नागरिकको सम्पर्कमा रहने पनि जनाएको छ ।

समाचार ऐजेन्सी एएनआइका अनुसार भारतीय सरकारले भारतमा सेवा दिने विमानहरुलाई इराक, इरान र खाडी देशका रुट प्रयोग गर्नका लागि केही समयका लागि सर्तक रहन अनुरोध गरेको छ । त्यस्तै पाकिस्तानको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । पाकिस्तानले इराकमा रहेका आफ्ना नागरिकलाई बगदादस्थित पाकिस्तानी दूतावासको नजिक र सम्पर्कमा रहन आग्रह गरेको छ ।

जापानले कुटनीतिक पहल गर्ने

इरानको मिसाइल आक्रमणपछि जापानले कुटनीतिक आग्रह गरेको छ । जापानले कुटनीतिमा फर्कन आग्रह गर्दै विभिन्न देशका सरकारसँग इरान र अमेरिकाका कारण बढेको तनाव कम गर्नका लागि सहयोग गर्न आग्रह समेत गरेको छ । जापानी संसदका प्रवक्ता योशोहिदे सुगाले सरकारले जापानी नागरिकको सुरक्षाका लागि सम्बन्धीत सरकारसँग समन्वय गर्ने बताएका छन् । उनका अनुसार जापानले सम्बन्ध सुधारका लागि सम्बन्धीत राष्ट्रसँग आफ्नो कुटनीतिक प्रयास गर्नेछ ।

फिलिपिन्सद्धारा आफ्ना नागरिकलाई देश फर्कन आग्रह

त्यसैगरी फिलिपिन्स सरकारले पनि अमेरिकी शैन्य अखडामा इरानले गरेको आक्रमणपछि आफ्ना नागरिकलाई इराकबाट अनिवार्यरुपमा फर्कन अनुरोध गरेको छ । फिलिपिन्सको डिर्पाटमेन्ट अफ फरेन अफेयर्सका प्रवक्ता एडुआर्डो मेंडेजले इराकमा रहेका आफ्ना नागरिकलाई सावधानी गराउँदै इराकबाट फर्कन आग्रह गरेको हो । ऐजेन्सीको सहयोगमा

Loading...