खुल्यो नायव सुब्बा नासुको विज्ञापन, ठुलो संख्यामा कर्मचारीको माग

काठमाडौँ २३ पुस, काठमाडौँ । लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा नासु वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको हो ।
आयोगले विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म सिङ्गल दस्तुर र दोब्बर दस्तुर तिरेर माघ २१ सम्म आवेदन दिन सक्ने सूचनामा जनाईको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली  psconline.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन्।

 

Loading...