१८० यात्रु सवार विमान दुर्घटना, विस्तृत जानकारी आउन बाँकी

भक्तपुर, २३ पुस । इरानमा १८० यात्रु सवार गरेको विमान तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटना भएको हो । दुर्घटना भएको क्षेतिको विवरण भने आइसकेको छैन । प्राविधिक कारणले विमान दुर्घटना भएको इरानी टेलिभिजनहरुले बताए पनि विस्तृत जानकारी खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

बोइङ जहाज पटक पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङका प्रमुख कार्यकारी अधिकृत सीईओ डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो ।

बोइङका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । त्यसले गलत तथ्यांक देखाउँदा दुर्घटना भएको निष्कर्षसहित सो सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको बोइङका अधिकारीहरुले बताएका छन् ।
एजेन्सी

Loading...