नेवा :ताम्सालिंग प्रदेशको माग राख्दै सिठ्ठी जुलुस प्रदशन

पौष १९ ,काठमाडौँ ।  प्रदेश सरकारको अधिकार माथि हस्तक्षेप गरि संघियतालाइ नै कमजोर बनाउनाउदै बागमती प्रदेश नामांकन गर्न लागिएको भन्दै यसको विरुद्ध शुक्रवार सिठ्ठी जुलुस निकालिएको छ ।

नेपाः युथ अर्गनाइजेशन, सेभ नेपाः भ्याली, नेवाः राजनीतिक अभियान, उपत्यका सतक विस्तार पीडित संघर्ष समिति लगाएत १० संघसंस्थाको आयोजनामा काठमाडौँ भित्रि सहर थायमदु ( बाङ्गेमुडा) बात सिठ्ठी जुलुस निकालिएको हो । जातीय पहिचान सहितको संघियता अनुरुप आदिवासी नेवा:र तामाङ्ग् जातिको बाहुल्येता भए अनुसार प्रदेशको नाम नेवा ताम्सालिंग हुनुपर्ने माग रहेको छ । 


जुलुस सहभागीले आउदै गरेको नेवा: एकता दिवसको लागि तैयारी स्वरूप शक्ति प्रदशन गर्न एकजुट हुन् सबैमा अपिल गरेको छ ।

सिठ्ठी जुलुस असन ,न्युरोड ,लगन लगाएत विभिन्न स्थान हुदै बसन्तपुर महादेब पार्वति दबलि पुगी समापन गरिएको थियो ।

Loading...