स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी

 

पौष १९ ,काठमाडौँ । 

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला यहि पौष २५ बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।
श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले शनिवार पत्रकार सम्मेलन गरि मेला ब्यबस्थापनको सम्पूर्ण तैयारी पुरा भएको बारे जानकारी दिएको छ ।

समितिले गएको बर्ष तिस लाख भक्तालू दर्सनर्थिले प्रतक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्यांकलाइ मध्य नजर गरि यो बर्ष सडक निर्माण झन्दै ७५ प्रतिशत पिच भैसके हुदा पनि सोहि अनुपात भन्दा बदी भक्तालू आउने अपेक्षय रहेको समितिका निबर्तमान अध्क्षय राजुभाई मानन्धरले बताउनु भयो । साथै भ्रमण बर्ष २०२०२ लाइ समेत मध्ये नजर गरि आन्तरिक र बाह्य पर्येतनमा प्रवर्ध गरिने योजनाका साथै सम्बन्धित निकाय संग छलफल गर्दै तैयारीमा लाग्ने समिति अध्क्षय पि एल श्रेष्ठले बताउनु भयो । 

यसैगरि केहिस्थानमा बाटो असहज रहेकोमा द्रुत गतिमा अल्पकालीन रुपमा भएपनि सहज बाटो अवस्था मिलाइने शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले बताउनुभयो । मेलाकालागी शान्ति सुरक्षा ,स्वाथ्य ,सहज सार्वजनिक यातायात ब्यबस्थापन तैयारी पुरा भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । निकै कठिन मानिने स्वस्थानी ब्रतमा ब्रतालुका लागि बिषेस ब्यबस्था गर्दै पुजा सामग्रीहरुको सहज ,बस्नको लागि ,स्नान, सौचालयको भिन्नै ब्यबस्था , बिगतमा खाजा होटलहरुले ग्राहाक संग मनलाग्दी पैसा असुलेको गुनासोलाइ मध्ये नजर गर्दै मेला क्षेत्र भित्र रहेका होटल ,खाजा घरहरुमा मुल्य सुची समेत अनिवार्य गरि मेला अवधिभर अनुगमन गरिने समितिले बताएको छ ।
सलिनदी क्षेत्रमा चार वटा शंख आकारको पोखरी ,स्तम्भ सहित ब्यबस्थित पार्क निर्माण हुने भएको छ । 

Loading...