बर्षकै सबैभन्दा छोटो दिन आज, किन ?

 

पौष ६ ,काठमाडौँ ।  आज अङ्गेजी महिनाको डिसेम्बर २२ तारिख, अर्थात् यो बर्ष भरिकै सबैभन्दा छोटो दिन हो । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । यसै कारण आजको दिन सुर्यको प्रकाश उत्तरी गोलार्दमा निकै कम रहने र रातको समय लामो हुने गर्दछ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ ।
अबका दिनबाट दिनको समय बिस्तारै लम्बिंदै जाने र रात छोत्तिदै जाने ज्योतिषशास्त्रीको भनाइ रहेको छ । झट्टै महसुस नभएता पनि तर बिस्तारै अबका दिनमा रात छोतिएको र दिन लम्बिएको आभाष बढ्दै जाने हुन्छ । ब्रम्हाण्डमा रहेका ग्रहतहरु आआफ्नो गति र समय अनुशार सौर्य मण्डलमा परिक्रमित हुने गर्छ । यसैलाइ आधार मानेर चलनचल्तीमा तिथि मिति तोकिने गर्दछ ।
आज बिहान सुर्योदय ६ बजेर २ मिनेटमा भएको छ । सुर्यास्त ५ बजेर १४ मिनेटमा हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ ।
रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरीएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले बताए । सरकारी पात्रोहरुमा पनि आजको दिनलाई सायन मकर संक्रान्ति या मकर दृष्याङ्क भनेर जनाइएको हुन्छ । भोलिबाट क्रमशस् दिन बढ्दै र रात घट्दै जानेछ ।

Loading...