सुनको भाउ फेरि उकालो कतिमा हुँदैछ कारोबार हेर्नुहोस आजको मुल्य

काठमाडौं, २९ मंसिर । करीब एक साताअघि ओरालो लागेको सुनको भाउ फेरि बढ्दै गएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...