देशभरको मौसमी आज पनि बदली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, २९ मंसिर । देशभरको मौसमी आज पनि बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज न पानी पर्ने नत घाम नै लाग्ने जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेका कारण दिनभर नै मौसम बदली हुने पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको हुनेछ ।

आइतबार दिनभर देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थान र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । आइतबार अधिकांश रुपमा बदलीको अवस्था रहने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद मञ्जु बासीले बताइन । काठमाडौँ उपत्यकामा बेलुका तिर घाम लाग्ने सम्भावना रहे पनि दिनभर भने बदलीकै अवस्था हुनेछ । अपरान्नदेखि भने मौसममा सुधार आउने भएको छ । मौसम बदलीका कारण काठमाडौंका तामक्रम ८ डिग्री रहेको छ ।

Loading...