सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

दोलखा, २९ मङ्सिर । दोलखाको कालिञ्चोकबाट तिर्थयात्रु बोकेर भक्तपुर फर्कदै गरेको रिर्जभ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्ड अन्तरगत सुनकोशी गाउँपालिका वडा नं ७ को ६ किलो नजिकै आइतबार बिहान तिर्थयात्रु बोकेको बस दुर्घटनामा परेको थियो ।

भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ बस सडकबाट सिधै १ सय ५० मिटर तल खसेर थियो । दुर्घटनामा १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडिचौरमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लामोसाँघुका सई राजेश दाहालले जानकारी दिएका छन ।

तिर्थयात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुने मध्ये एकजनाको मात्रै सनाखत भएको छ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सनाखत हुनेमा दोलखा भिमेश्वरी नगरपालिका ४ की ३६ वर्षीया जुना तामाङ रहेका छन । घाइते दिपक तामाङका अनुसार बसमा सिट फूल पनि थिएन । धारिलोमोडमा बस एकै पटक खसेको उनले बताए । सो दुर्घटनामा परेर १७ यात्रु घाइते भएका छन । घाइतेहरुको सिन्धु सदावहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ लगिएको छ । बिहान ५ बजे सो गाडी चरिकोटबाट हिडेको थियो ।

Loading...