कालिञ्चोकबाट भक्तपुर आउदै गरेको बस ६ किलोमा पल्टिदा १३ जनाको मृत्यु, १८ जना घाइते

भक्तपुर, २९ मङ्सिर । लामोसाघुँ–जिरी सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस उक्त सडक खण्डमा पल्टिएको हो । बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ ।

बस भ्रमण टोली बोकेर कालिञ्चोक बाट भक्तपुर आउदै गरेको बताइए पनि बसले भक्तपुरका यात्रु बोकेको बारे प्रहरीले यकिन जानकारी गराएको छैन । यात्रुबाहक बसमा ठूलै हताहती भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । सडकबाट बस करीब ५ सय मिटर तल खसेको बताइएको छ । अहिले प्रहरी र स्थानीय उद्दारमा जुटिरहेको जानकारी प्रात भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...