साग बक्सिङ स्वर्ण बिजेता सनिललाइ सम्मान

मङ्सिर २७ ,काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा नेपाललाइ ५० औं स्वर्ण जिताउने सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ ।

सनिलको जन्म टोल काठमाडौँ महानगरपालिका २३ ओम्बहल स्थित विभिन्न सामाजिक संघ सस्थाले शुक्रबार भब्य सम्मान गरेको छ । सोअवसरमा नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठ,२३ वडा महानगर पालिकाका वडा अध्क्षय मचरजा महर्जन ,ओलम्पस क्लवका अध्क्षय पवित्र बज्राचार्यलगाएत अन्य संघ सस्थाका प्रतिनिधिले सम्मान गर्नुभएको हो ।

सम्मान गर्नुहुँदै श्रेष्ठले साग खेलकुदले नेपालको निकै छोटो समएमा तैयारी सम्पन्न गरि आशा गरे भन्दा धेरै पदक जिताई नेपाली खेलाडीले देखाएको उक्रष्ट खेलप्रदशनले नेपालीले पनि खेलकुदमा मौका मिले बिश्वलाइ चिनाउन सक्ने विश्वास रहेको भन्दै भविष्यमा खेलकुद क्षेत्रलाई झन् उचाईंमा पु¥याउन सबै खेलाडीलाई आह्वान गर्नुभयो ।

उहाले आउने ओलम्पिक तथा एसियाली खेलको तैयारी र खेलाडीको स्तर उन्नति बढाउन प्रोत्साहनको लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउँदै सागमा खेलाडीहरुले ल्याउनुभएको सफलताले सरकारलाई नै अचम्मित पारेको बताउनुभयो ।

सम्मानित खेलाडी सलिन शाहीले सबै निकाय बात खेल क्षेत्रलाइ सहयोग गरिदिए अरु मुलुकका खेलाडी सरह उत्कृष्ट खेल प्रदशन गरि नेपालको नाम संसारमै चिनारी बनाउन सकिने बताउनुभयो ।

सम्मान गर्न २३ वडाका अध्यक्ष मचाराजा महर्जनले नवयुवा पुस्तालाइ सुहादो खेल कुदमा अभिप्रेरित गराउन सके उनीहरुको भबिष्य उनीहरु स्वयमले गर्न सक्ने उदाहरण सागमा नेपाली खेलाडीले ल्याएका गौरव पुन उपलव्धिले पुस्टि गरिसकेको बताउनु भयो ।

येस्तै ओलम्पस क्लबका अध्यक्ष पवित्र ब्रजाचार्यलगायतले सनिल शाहीका कारणले आफ्नो वडालाई चिनाउँदै स्थानीय युवालाई नयाँ जोश र जाँगर दिएको अभिव्यक्ति दिनुभयो । उहाले युवापुस्तालाई उनीहरुको रुचिलाइ परिवार समाजले सहयोगी भूमिका निभाउनु पर्ने बिचर राख्नु भयो ।

सनिललाइ नेवार मौलिक परम्परा अनुसार विभिन्न संघसंस्थाले सगुन दिँदै बाजागाजा सहित सम्मान गर्दै स्थानीय टोल परिक्रमा गराएका थिए ।

Loading...