के हो त नेवार समुदायले मनाउने य:मरी पुन्ही ?

मङ्सिर २६ ,काठमाडौँ ।     नेवार समाजमा धार्मिक ,सामाजिक ,राजनैतिक सास्कृतिक र प्राकृतिक लगाएत विविध प्रकार बात मनाउदै आएका चाड मध्ये धान्यपुर्णीमा य:मरी पुन्ही प्राकृतिक पर्व हो । बिशेष गरि काठमाडौँ उपत्यका भित्र बसोबास गर्ने नेवार समुदाय र अरु समुदायले पनि वर्षको एकपल्ट यस दिन चामलको पिठो भित्र चाकु ,तिल,खुवा , बिभिन्न प्रकारका मार मसला राखी बफाएर य:मरी पकाइन्छ । नेवार भाषमा “य:मरी”  को अर्थ मनपर्ने रोटि भनिएको हो ।

प्राकृर्तिक हिसाबले चोसो यामको सुरुवाती समय भएको हुदा पनि य:मरी खानाले सरीरमा जाडो सहन सक्ने उर्जा र काफ नष्ट गर्ने शक्तिको बिकाश हुन्छ भन्ने मान्यता रहेको हो । किसान समुदयमा यस दिन चामलको पिठोबात गणेश ,लक्ष्मी ,ज्यापु ज्यापुन्ही ,ख्याक ,कुवेर आदिका प्रतिक चढाएर भकारी पुजा गर्ने प्रचलन रहिआएको छ । य:मरी पुन्ही बाहेक नेवार समुदायमा बिबाह , ससाना बालबालिकाको जन्मदिन ,तिहारमा मनाइने म्हपुजा र वृद्ध आवस्थामा सम्मान दिन मनाइने जङ्कुमा पनि य:मरी नभई नहुने परम्परागत मान्यता रहिआएको छ ।

Loading...