नेपाली स्वर्ण जित्ने खेलाडीलाई जनही नौलाख रुपैयाँ दिने घोषणा

 मंसिर २५, काठमाडौं,  । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई सरकारले जनही नौलाख रुपैयाँ दिने भएको छ ।

सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो ।

स्वर्ण विजेता खेलाडीलाई जनही नौलाख, रजत जित्नेलाई छलाख र कास्य जित्नेलाई तीनलाख रुपियाँ दिने घोषणा गरिएको बक्सिङका स्वर्ण विजेता सनिल शाही खड्गीले जानकारी दिनुभयो

Loading...