भारतलाई हराउँदै भूपेन्द्र र मिनुले जिते बक्सिङमा स्वर्ण

काठमाडौँ, २२ मंसिर  । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सोमबार भएको चौथो दिनको खेलमा नेपालले बक्सिङबाट दोस्रो स्वर्ण जितेको छ। ६४ केजी तौल समूहमा खेलेका भूपेन्द्र थापाले स्वर्ण जितेका हुन्।

   

फाइनल खेलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेको हो । यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी थिइन्। यो सँगै नेपालको स्वर्ण संख्या ४७ पुगेको छ। 

भुपेन्द्र महेन्द्र पुलिस क्लब आबद्ध रहेर एक दशकदेखिका अनुभवी दक्ष खेलाडीको रुपमा धेरै पटक एशियन खेलमा अनुभव बटुलेका बक्सरमा चिनिन्छन् ।

यसैगरी मिनु सुरुमा करातेका खेलाडी रहेका थिए । बक्सिङ्ग प्रशिक्षक प्रविण तुलाधरको प्रेरणाले उनी यो खेलमा प्रशिक्षण लिँदै नेपाली सेनामा आबद्ध रही झै बदी अनुभवी र दक्ष भएकी हुन् । फोटो – बुद्ध शरण शाही

 

Loading...