पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिनसम्म बदलीः वर्षा र हिमपातको सम्भावना

काठमाण्डौँ ८ मंसिर । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार पनि देशभर मौसम बदली हुने र हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ । आउँदो २४ घण्टामा देशका पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका कही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मंसिर ८ गते आइतबार

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । राति देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

मंसिर ९ गते सोमबार

दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंसिर १० गते मंगलबार

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भूभागमा आंशिक बदली रहने छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ ।

Loading...