जाजरकोटको खलंगामा कोशेली घर स्थापना

जाजरकोट, ४ मंसिर । जिल्ला सदरमुकाम खलंगाको शान्तिचौतारामा मंगलबार जाजरकोट कोशेली घर स्थापना भएको छ । भेरी नगरपालिकाका कार्यबाहाक प्रमुख भावना भण्डारीद्धारा औपचारिक रुपमा उद्घाटन गराएर जाजरकोट कोशेली घर स्थापना भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ जोन जाजरकोटको सहयोगमा महिला उद्ययमी शिला नेपालीले उक्त जाजरकोट कोशेली घरको स्थापना भएको परियोजना कार्यन्वयन ईकाइ जोन जाजरकोटका प्रमुख टंक रिजालले जानकारी दिए ।

परियोजना कार्यन्वयन ईकाइ जोन जाजरकोटले जाजरकोट कोशेली घर संचालनका लागि लाग्ने बार्षिक घर भाडा, कृषिजन्य बस्तुहरु राख्नलाई चाहिने क्यारेट, बट्टा लगाएतका सामाग्री र डिजिटल काँटा सहयोग गरेको प्रमुख रिजाले बताए । शान्तिचौरामा स्थापना भएको जाजरकोट कोशेली घरले जिल्ला भरिका किसानहरुले उत्पादन गरेका सुन्तला, कागति, किवि, मास, भट्टमास, मौरीको मह लगाएतका कृषि उपजहरुको बजारीकरण गर्नमा सहयोग पुग्ने प्रमुख रिजालले बताए । प्रमुख रिजालले कोशेली घरबाट उपलब्ध गराईने कृषिजन्य बस्तुले जाजरकोट जिल्लाको पहिचान झल्काउने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जाजरकोट जिल्लाको सुन्तला र मौरीको महलाई बिशिष्टकृत गरेर सुन्तला र मौरी जोन संचालन गरेको बताउदै प्रमुख रिजालले मह र सुन्तलालाई मुख्य प्राथमिकता दिएर परियोजना कार्यन्वयन ईकाइ ९जोन०ले जाजरकोट कोशेली घरलाई सहयोग गरेको बताए ।

जाजरकोट कोशेली घरमा सुन्तला र मह मात्र नभएर केरा, स्याउ, किबी, सिमि, भट्टमास, बेसार, भाँङगो, गहत, मास लगाएतका जिल्लाका कृषि उत्पादनलाई राख्नुको साथै शिल्पकलाबाट उत्पादन भएका राडी, पाखी लगाएतका सामाग्रीहरु राखिने कोशेली घर संचालक शिला नेपालीले बताईन् । नेपालीले काशेली घरमा जिल्लाका बिभिन्न ठाउँमा पाईने बहुमुल्य रत्नपत्थर जस्ता खनिजहरु पनि राखिने जानकारी दिईन् ।

पहिचान दिनसक्ने जिल्लामा थुपै कृषि उपज तथा अन्यबस्तुहरु पाईने भएको भएतापनि उक्त चिजविजहरु पाईने ठाउँ कहाँ हो त रु भनेर कसैले सोध्यो भने देखाउन ठाउँ नभएको अबस्थामा कोशेली घर स्थापना भएको बताउदै भेरी नगरपालिकाका कावा प्रमुख भण्डारीले स्थापना भएको कोशेली घरले जिल्लाको उत्पादनको खोजी हुदा जति वेला पनि पाईने ठाउँ भएको बताईन ।

उक्त जाजरकोट कोशेली घर स्थापना कार्यक्रममा कावा भेरी नगर प्रमुख भावना भण्डारी, ४ नम्बर वडा अध्यक्ष खम्मजंग शाह, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ ९जोन० जाजरकोटका प्रमुख टंक रिजाल, कृषि विकास कार्यालय, जाजरकोटका प्रमुख गणेश अधिकारी, कस्तुरी सहकारी संस्था लिमिटेड जाजरकोटका प्रबन्धक राजु केसी लगाएतका व्यक्तिहरुले आ–आफ्नो भनाई राखेका थिए ।

Loading...