मरेको कुखुरा खाँदा एकै परिवार नौ बिरामी एकको मृत्यु

बैतडी, ३ मंङसिर । मरेको कुखुरा खाँदा बैतडीको पुरचौडी नगरपालिका २, महादेवस्थानमा एकै घरका नौ जना सिकिस्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । स्थानीय छिमेकीको घरमा मरेको कुखुरा ल्याएर खाँदा १५ वर्षिया पुष्पा बोहराको मृत्यु भएको छ । सिकिस्त हुनेमा पार्वती पार्की ७० वर्ष, गोमती पार्की ३३, राकेश पार्की, ८ वर्ष, जानकी पार्की ३५ वर्ष, मनोज पार्की १२ वर्ष, रमेश पार्की १० वर्ष, भुवन पार्की ६ वर्ष, रितेश पार्की ६ वर्ष र सामना पार्की ४ वर्षका सिकिस्त रहेका छन् ।

सिकिस्त बिरामी परेकाहरुले स्थानीय महादेवस्थान स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको स्वास्थ्यकर्मी राधा कुँवरले बताए । कुँवरले भने, शनिवार कुखुराको मासु खाएर बिरामी परेको खबर सुनेर आईतवार स्वास्थ्यकर्मी घरमै गएर उपचारका लागि बाहिर जान सुझाव दिएका थिए । बोकेर लैजाने मान्छे नभएपछि चार दिनपछि एकको मृत्यु भएको छ । नौ जनालाई बोकेर मंगलवार हाट स्वास्थ्यचौकी लगेका छन् ।

शनिवार स्थानीय नरेन्द्र वमको घरमा मरेको कुखुरा ल्याएर खाएका सबै दलित समुदायका भएको स्वास्थ्यकर्मीले बताएका छन् । घटनापछि महादेवस्थानबाट हिँडेर हाट जादै गरेका दलित परिवारका नौ जना झाडापखाला र उल्टी गरिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

Loading...