गोरखामा फेरि जेल तोडियो । थुनामा परेका ३ बन्दी फरार

गाेरखा, ७ असाेज । गाेरखामा गए राती तीन जना बन्दी थुना कक्षकाे शाैचालय ताेडेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतबाट तीन जना बन्दी भागेका हुन् ।

गए राति करिब एक बजे शौचालय ताेडेर भागेका सबै बन्दी १८ वर्ष मुनिका रहेकाे बताइएकाे छ । शाैचालयकाे भेन्टिलेटरको एउटा छड भाँचेर सोही प्वालबाट उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

भाग्नेहरुमा गोरखा नगरपालिका ६ का दीपेश मझकोटी, भीमसेन गाउँपालिका ३ तान्द्राङका सन्दिप सुर्खेती र भीमसेन ३ कै अबिशेष अधिकारी रहेका छन् । उनीहरुलार्इ सार्वजानिक अपराध मुद्दामा पक्राउ गरिएकाे जिप्रका गाेरखाले जनाएकाे छ ।

मझकोटी भदौ १८, सुर्खेती र अधिकारी असोज ६ गते सार्वजानिक मुद्दामा थुनामा परेका थिए। प्रहरी निरीक्षक रामचन्द्र साहले राति प्रहरी डियुटी साटफेर हुने समयमा उनीहरु भागेकाे बताए । ड्युटीमा खटिएका प्रहरीले थुनुवा गणना गर्दा तीन जना नभेटिएपछि भागेको आशंकामा खोजी सुरु गरिएको थियो ।

 

Loading...