पहिलो पटक पशुपतीदेखि फोक्सुन्डोमा बुलेट राईड

  

काठमाडौं, १५ कार्तिक । बीएल–मनघरी फाउण्डेशन र नासा बुलेट क्लवको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौको पशुपतीदेखि नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोसम्म बुलेट मोटरबाईक यात्रा गरिएको छ ।

कर्णालीको पर्यटन प्रवद्र्धन र भिजिट वर्षलाई सफल बनाउन रोइलइफिल्ड मोटरसाईकल राईडरले काठमाडौं टु फोक्सुन्डो यात्रा थालेका हुन । काठमाडौबाट डोल्पाको दुनैसम्म बुलेट –याली पुग्ने भएको हो । शुक्रबार बिहान काठमाडौंको पशुपति क्षेत्रबाट सुरु भएको बुलेट –याली एक साता लगाएर डोल्पाको फोक्सुन्डो तालसम्म पुग्ने छ । शुत्रबार बिहान पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले राईडरलाई खादा लगाएर बिदाई गरेका छन ।

विदाई गर्दै पर्यटन राज्यमन्त्री बुढाले भने नेपाल सरकारले मनाइरहेको भिजिट नेपाल २०२० लाई यस कार्यक्रमले सहयोग पुग्ने बताए । उनले कर्णालीको समृद्धिको आधार भनेको पर्यटन भएको बताउँदै जबसम्म कर्णालीका गन्तव्यहरु पर्यटकको रोजाईमा पर्न सक्दैनन्, तबसम्म कर्णालीको विकासले गति लिन गाह्रो हुने पनि बताए । त्यसका लागि सबै तह तप्काबाट लाग्नु पर्ने उनको जोड थियो ।

काठमाडौंबाट हिडेको राईडरको टोली पहिलो दिन दाङ, दोस्रो जाजरकोट र तेस्रो दिन डोल्पाको सदरमुकाम दुनै पुग्नेछ । त्यसपछि टोली फोक्सुन्डोको यात्रामा लाग्ने आयोजक क्लवका अध्यक्ष प्रकाश लिम्बुले बताए । मोटरसाईकल –यालीमा बाह्र ओटा मोटरसाईकल रहेका छन । नेपालको पर्यटन प्रवद्र्धनका लागि नासा क्लवले भर्खरै काठमाडौंबाट भारतका लदाकसम्मको बुलेट राईड गरेको थियो । यसअघि नासाले काठमाडौंबाट यात्रा तय गरेर मुस्ताङको केरला बोर्डरसम्म पनि पुगेको थियो । प्रत्येक वर्ष नासाले यसरी नै बुलेट राईड गर्दै आएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा नासाले उल्लेखनीय भूमिका खेलेको पर्यटन राज्यमन्त्री बुढाले बताए ।

शुक्रबार बिहान काठमाडौंबाट डोल्पा हिडेको राईडरलाई शुभकामना दिँदै राज्यमन्त्री बुढाले पहिलो पटक यसरी डोल्पामा बुलेट राईड हुन लागेकोमा खुसी पनि व्यक्त गरे । जबसम्म केन्द्रीय राजधानी र कर्णालीका पर्यटकीय गन्तव्य स्थलहरुसम्म सडक संजालबाट जोड्न सकिदैन तबसम्म कर्णालीको पर्यटनले गति लिन गाह्रो हुने भएकाले पशुपतीदेखि फोकसुण्डोसम्म मोटरसाईकल यात्रा गरेको आयोजक समिति मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

मोटरसाइकल यात्रामा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, भिजिट नेपाल २०२० का परामर्शदाता बच्चुनारायण श्रेष्ठ, टानका अध्यक्ष खुमबहादुर सुवेदी, मनघरी फाउण्डेशनका सल्लाहकार एव ज्योति विकास बैकका प्रमृख कार्यकारी अधिकृत सिए मनोज ज्ञवाली, मनघरी फाउण्डेशन सल्लाहकार डा. रविन खड्का, समाजसेवी एव डोल्पाका अगुवा लक्ष्मीकान्त उपाध्याय, ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्र शाही, कर्णाली उद्यमी समाजका अध्यक्ष जगबहादुर बुढा, पर्यटन व्यवसायी जितेन्द्र झाँक्री लगायतको उपस्थिति थियो । उनीहरुले राइडरहरुलाई खादा ओढाएर विदाई गरेका थिए ।

Loading...