हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

तालुकान, १४ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बिहीबार बताए ।

हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ ।अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

Loading...