जोखिम राणनीति बनाउनुपर्छ: मन्त्री कार्की

विराटनगर, ७ कात्तिक । प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताए । मन्त्रालयकाद्वारा आज यहाँ आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न नसकेको धारणा व्यक्त गरे ।

मन्त्री कार्कीले विपद्का क्षेत्र पहिचान गरी त्यसअनुसार कार्यनीति बनाइ क्षति न्यूनीयनकरणका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले कार्ययोजना बनाएमा सहज हुने विचार व्यक्त गरे । मन्त्री कार्कीले प्रदेश सरकारले प्राविधिक अध्ययनका आधारमा प्राकृतिक प्रकोपले जोखिममा रहेका मकाल गाउँपालिका र र कटारी नगरपालिकाका केही गाउँका बासिन्दालाई स्थानन्तर गर्ने जानकारी दिए।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले पूर्वाधार निर्माण, कृषि, शहरी विकास आदि निर्माणमा विपद् क्षति रोक्ने सोचले कार्य गर्नुपर्नेमा जोड दिए । गोष्ठीमा विपद् विज्ञ रामचन्द्र न्यौपानेले प्रदेश विपद् उत्थानीशल नीति, विपद् उत्थाशील रणनीतिक कार्ययोजना, प्रदेश विपद् प्रतिकार्य ढाँचा र विकासमा विपद्् प्रभाव मूल्याङ्कन मार्गदर्शन र यूएनडिपिका कार्यक्रम संयोजक दीपक केसीले जलवायु विपद् जोखिम व्यवस्थापन तथा हिमताल विष्फोटन विषयमा कार्यपत्र प्रस्तुत गरे । प्रदेश सरकारले आगामी एक महीनाभित्र ल्याउने नीतिका लागि राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी र सञ्चारकमीले सुझाव दिए ।

Loading...