पञ्चाङ समितिले नेवार पहिचान, परम्परा बिगारेको नेपालभाषा मंकाः खलःको आपत्ति

सदिऔ देखि चलिआएको नेवार समुदाएको मौलिक परम्परा र व्यवहारलाई चलाउन नहुने-शताब्दी पुरुष सत्यमोहन जोशी

असोज ७ ,काठमाडौँ । नेपाल पञ्चाङ समितिले प्रकाशनमा ल्याएको यो बर्षको पात्रोमा सयौ बर्ष अधि देखि प्रचलनमा रहेको राष्ट्रको मौलिक संवत नेपाल संवतं, नेवारहरुको पहिचान, परम्परा र संस्कृति विपरित ‘म्हपूजा र किजा पूजा’ को तिथिहरुमा अन्यौलता देखिएको प्रति नेवार समुदायको संगठन नेपालभाषा मंकाः खलःले आपत्ति जनाएको छ ।
मंकाः खलःले सोमबार राजधानीमा योजना गरेको अन्तरक्रियामा पञ्चाङ समितिले प्रकाशित गरेको पात्रो अनुसार नभई नेवारी परम्परा स्वन्ति पर्व (लक्ष्मी पुजा, म्हपूजा, किजा पूजा) गर्नुपर्ने बताएको छ ।


सो कार्येक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ समितिलाई सदिऔ देखि चलिआएको नेवार समुदाएको मौलिक परम्परा र व्यवहारलाई चलाउन नहुने बताए । जोशीले पञ्चाङ समितिको पात्रो अनुसार स्वन्ति  (लक्ष्मी पुजा, म्हपूजा, किजा पूजा) पर्वमा देखिएको अन्यौलता प्रष्ट पार्दै हजारौ बर्ष को इतिहासकाल बाट चलिएको नेवार परम्परा आफ्नै रिती थिति गणित अनुसार चल्दै आएको र कोहि कसैले हश्तक्षेप गर्नु इतिहास परम्परालाइ मेटाउनु सरह हुने बताउनु भयो ।
वि.स. २०७६ को नेपाल पञ्चाङ समितिले प्रकाशनमा ल्याएको सयौ बर्ष अधि देखि प्रचलनमा रहेको राष्ट्रको मौलिक संवत नेपाल संवतं, नेवारहरुको पहिचान, परम्परा र संस्कृति विपरित ‘म्हपूजा र किजा पूजा’ को तिथिहरुमा अन्यौलता देखिएको मंकाः खलःद्धारा विज्ञप्तीमा भनिएको छ ।

परम्परा र व्यवहार अनुसार मंकाः खलःले नेवार समुदायले कार्तिक ११ गते लक्ष्मी पूजा, १२ गते नेपाल संवत, म्हपूजा र १३ गते किजापूजा (भाई) पूजा गर्न समेत जारी विज्ञप्तीमार्फत सबैमा अनुरोध गरेको छ ।
पञ्चाङ समतिको प्रकाशन गरेको पात्रो अनुसार म्हपूजा औंसिका दिन र दुतियाका दिन नेपाल संवत परिवर्तन हुने भनी दुस्प्रचार गरेर म्हपूजा र नयाँ बर्ष अलग अलग गरि विभाजन ल्याउनु र किजापुजा (भाईटिका )प्रतिपदाको दिन गर्ने भनि विवादस्पद तिथि उल्लेख गर्नु नेपालको मौलिक नेवार संस्कृति र परम्परागत मान्यताको विपरित रहेको तथ्य विज्ञ, संस्कृतिविद र सरोकारवालाहरुका एकैमत रहेको विज्ञप्तीमा भनिएको छ ।
उक्त अन्तरक्रियामा विज्ञहरुले पञ्चाङ समितिले कुनै पनि तिथि प्रकाशन गर्न आफुहरुको राय सुझाव नलीइ एकल निर्णय गरि परम्परा,सस्कृतिमा हस्तक्षेप गरेको निष्कर्ष निकाले मंकाः खलःका सचिव नरेशवीर शाक्य ,इतिहाश विद् येज्ञमन पति बज्राचार्य , पुर्व मन्त्रि केसव मान शाक्य ,लक्ष्मणराज राजवंशी लगाएत ले विज्ञहरुले आ–आफ्नो धारणा राखेका थिए ।