भावुक पत्र लेख्दै डीअार्इजी नवराज सिलवालले छाेडे प्रहरीकाे जागिर

अन्यायमा पर्दा जीवनमा कस्तो पीडा हुँदोरहेछ भन्ने अनुभूति भइरहेकाे छ : सिलवाल

काठमाडाैं, २७ भदाै । अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् ।

सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुनुपर्ने दाबी गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएपछि प्रहरी सेवाबाट राजीनामा दिएका हुन् । लामो राजीनामा पत्रको अन्तिममा सिलवालले आफू अन्यायमा परेकाे बताएका छन । साथै उनले नेपाल प्रहरीभित्र अन्यायमा परेकाहरुको आवाज अाफू बनेको दाबी समेत गरेका छन् ।

‘अन्यायमा पर्दा जीवन कस्तो पीडादायक हुँदो रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकको एउटा शसक्त आवाज बन्ने कोशिस गर्नेछु’, सिलवालले राजीनामा पत्रको टुंग्याउनीमा भनेका छन्, ‘आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।’

यस्ताे छ डीअार्इजी सिलवालले लेखेकाे भावुक विज्ञप्ती

Loading...