मापसे अभियानबाट २३ लाख कारवाही गरेर २३ करोड नै असुली

काठमाडाैं, २५ भदाै । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ठूलो जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ ।

याे रकम ६ वर्षको अवधिमा असुल गरिएकाे हाे । महाशाखाले मापसे अभियान चलाएकाे छ वर्ष भएकाे छ । ६ वर्षकाे अवधिमा मापसे कारबाहीबाट २३ करोड ९० लाखको हाराहारीमा जरिवाना असुली भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हाे । अभियान सञ्चालन गरेको ०६८ सालदेखि ०७४ सम्ममा उपत्यकाका तीन जिल्लाबाट मादक पदार्थ सेवन गरी कारबाहीमा पर्नेबाट राजस्व संकलन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले बताए । उपत्यकामा मादक पदार्थ सेवन अभियान उपलब्धिमूलक रहेको ट्राफिक उनकाे दावी छ । डिअाइजी खनालले मादक पदार्थ सेवन नियन्त्रण अभियानमा कडाइ गरेपछि मादक पदार्थको सेवन गरेर सवारी चलाउनेको संख्या घटेको उनले बताए ।

महाशाखाले बितेको एक वर्षमा मात्र मादक पदार्थ सेवन गरेका २८ हजार ५ सय ६ जना कारबाहीमा परेको जनाएकाे छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब २४ हजारको हाराहारीमा कारबाहीमा परेका छन । डिअाइजी खनालले पछिल्लो पाँच वर्षमा मादक पदार्थ सेवन गर्ने उपत्यकामा मात्र १ लाख ७० हजार ६ सय १३ जना कारबाहीमा परेको बताए ।

‘सवारी दुर्घटना न्यूनीकरणको उद्देश्यले ट्राफिक प्रहरीले वेलावेलामा गर्ने गरेको छड्के चेकजाँचको नतिजा हो यो,’ डिआइजी खनालले भने, ‘तर, यो संख्या पूर्ण नभई चेकजाँचको क्रममा फेला परेको संख्या मात्रै हो ।’

०६९/७० मा ३७ हजार ५ सय ६ जना, ०७०/७१ मा ५० हजार ६ सय ५३ जना, ०७१/७२ मा ३६ हजार २ सय ६९ जना, ०७२/७३ मा २८ हजार ५ सय १ जना र ०७३/७४ को असारसम्म करिब २० हजारजना मादक पदार्थ सेवन गरी कारबाहीमा परेका छन् ।

२३ लाख कारबाहीमा

ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चेकजाँचमा तीव्रता दिएपछि संख्यात्मक रूपमा मादक पदार्थ सेवनकर्ता कारबाहीमा परेका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाट ६ वर्षको अवधिमा लगभग २३ लाख ६० हजारजना कारबाहीमा परेको डिआइजी खनालले बताए । कारबाहीमा परेकाहरूबाट जनही एक हजारको दरले जरिवाना असुल गरिएको महाशाखाले जनाएको छ ।

Loading...