विश्व पर्यटन दिवसका अवसरमा नाट्टाको प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ, २४ भदौ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आज साइकल ¥याली तथा फुटसल प्रतियोगिताको आयोजना ग¥यो ।

एक सय साइकलयात्री सहभागी ¥याली नक्सालस्थित नाट्टाको कार्यालयबाट शुरु भई महाराजगञ्ज, बूढानीलकण्ठ पुगेर केहीबेर मन्दिर सरसफाइ गरेको थियो । त्यहाँबाट फर्किएर धूम्रबाराही, बाफलबोट हुँदै हाँडीगाउँस्थित धनन्तरी फुटसल स्थलमा पुगेर समाहित भएको थियो ।

दिवसकै अवसरमा नाट्टाले आगामी सोमबार कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा विगतका वर्ष झैँ यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरिएको नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले बताउनुभयो । दिवसका अवसरमा हुने पर्यटकीय गतिविधिले नेपालको पर्यटन प्रवद्र्धनार्थ सहयोग पुग्ने उहाँको बुझाइ छ ।

अध्यक्ष आचार्यका अनुसार पर्यटन प्रवद्र्धनकै सिलसिलामा संस्थाले आगामी मंसिरको पहिलो साता नेपालमा अन्तर्राष्ट्रियस्तरको ट्राभल सम्मेलन आयोजना गर्दैछ, जहाँ १२० देशका व्यवसायी प्रतिनिधिको सहभागिता रहनेछ ।

Loading...