डेङ्गु परीक्षण गर्न ३३१ कीट वितरण

हेटौँडा, २८ भदौ । हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरे । उपमहानगरले ३३१ वटा डेङ्गु परीक्षण गर्ने कीट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसिएन राजकुमार इटेनीलाई डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको हो । नगरवासीले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको प्रमुख महतले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, हेटौँडा अस्पताल पनि प्रदेश सरकार मातहत भए पनि आफूहरुले नगरवासीको हितका लागि डेङ्गु कीट सहयोग गरिएको प्रमुख महतले बताए ।

Loading...