इन्द्रजात्रा सञ्चालनका लागि पाँच करोडको अक्षयकोष

काठमाडौँ, २६ भदाै । सरकारले इन्द्रजात्रा सञ्चालनका लागि दिगो आर्थिक श्रोत व्यवस्थापन गर्ने उद्देश्यले ५ करोड रुपैयाँको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ । जात्रा व्यवस्थापमा हुने सधैंको आर्थिक समस्या टार्नका लागि कोष स्थापना गरिएको हाे  ।

 

काठमाडौँ महानगरपालिकाले बिहिबार आयोजना गरेको बिशेष समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट कोष स्थापनाकाे घोषणा गरिएको हो ।

मन्त्रिपरिषद्को गत  भदौ २० गतेको बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको थियाे । कोषमा संघीय, प्रदेश र स्थानीय सरकार तथा गुठी संस्थानले रकम जम्मा गरेको हो  ।

संघीय सरकारबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १ करोड ५० लाख, प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रुपैयाँ गरी कोष खडा भएको छ  ।

कोष घोषणा कार्यक्रममा काठमाडौंका संघीय तथा प्रदेश सभा सदस्यहरु, महानगरका उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, गुठीयारहरुको सहभागीता रहेको थियो ।

फोटो – बुद्ध शरण शाही

 

 

Loading...