अक्करे भिरमा डोजरमा झुण्डिएर सडक खनिदै

पोखरा, २५ भदौ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा नयाँ ट्रयाक बनाउने कार्य भइरहेको छ । त्यसका लागि डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटन गरिएको छ ।

कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको छ ।

Loading...