डेंगु रोकथाममा स्थानीय प्रहरी सक्रीय

काठमाडौँ, २१ भदाै । डेंगु रोग नियन्त्रण सम्बन्धी सचेतना तथा जनचेतना फैलाउन स्थानीय प्रहरीले सक्रियता बढाएको छ । भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण भेटिएपछि रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको हाे । 

समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनसेवा सामुदायिक केन्द्र बिशालबजारले शनिबार पुरानो बजारको रुपमा चिनिने असन बजार बाट डेंगु रोग नियन्त्रण तथा रोकथामका उपायहरु उल्लेखित फ्लेक्स झुन्ड्याएर प्रचार प्रसारको क्रार्यक्रम सुरुवात् गरेको छ ।

महान चाड नजिकिदै जाँदा वृत्तले अधिक भिड  रहने मुख्य बजारका विभिन्न स्थानमा देखिने गरि १० स्थानमा यस्ता फ्लेक्स राख्ने भएको छ ।
वृत्त प्रमुख बासुदेव खतिवडाले रोगमा नियन्त्रण गर्न आफू बस्ने बासस्थान वरपर सरसफाई राख्नुका साथै यस रोगबाट बच्न सुरक्षित उपायहरु अपनाउन र अन्य छरछिमेकीबीच यस रोगका विषयमा चेतना फैलाउन आग्रह गरे ।

खतिवडाले प्रमुख ब्यापारिक तथा बाक्लो सहर क्षेत्र भएका कारण सबै तहबाट रोगबाट बच्न उपायमा तदारुकता अपनाउनुपर्ने बताउँदै छिट्टै विभिन्न बिद्यालयमा जनचेतनाका कार्यक्रम संचालन गरिने बताए । 

Loading...