साँस्कृतिक राष्ट्रिय पर्व इन्द्र जात्रा सभ्य र भब्य हुने

भाद्र २१,काठमाडौँ । साँस्कृतिक राष्ट्रिय पर्वका रुपमा मानिने इन्द्र जात्रा नजिकिदै जादा जात्रा संगै सम्बन्ध रहेका अन्य देवगण नाचका गुठि ,समाजले जात्रा ब्यबस्थापनका बारेमा छलफल बढाएको छ ।
शनिबार जात्राका मुख्य आकर्षण मध्यका लाखें नाच आबद्द संस्था श्री लाखे आजु जात्रा व्यबस्थापन समाजले प्रतिनिधि सभा,प्रदेश सभा संसद ,सुरक्षा अंग , संम्बन्धित संघ संस्था प्रतिनिधि संग छलफल गरेको छ ।
छलफलमा प्रतिनिधि सभा संसद जीवन राम श्रेष्ठले प्रत्यक बर्ष मनाइने येस जात्रासंचालन गर्नाको लागि छिट्टै निश्चित रकम अक्षय कोष खडा गरिने बताउनु भयो । संसद श्रेष्ठले हाल जात्र संचालनका लागि महानगर पालिका ,गुठि संस्थान बात प्रत्यक बर्ष जात्रा ब्यबस्थापन समितिले रकमका लागि झन्झटिला ताकेता गरिरहनु पर्ने स्मरण गर्दै छिटै येस्को निभारण हुने बिस्वास दिनु भयो । प्रदेश सभा संसद राजेश शाक्यले येस बर्षको जात्रामा युवा स्व्येम् सेवकहरुले बिगतमा भन्दा मर्यादित हुने बिस्वास प्रकट गर्नुभयो ।
सो छलफलमा महानगरीय प्रहरी वृत्त प्रमुख बासुदेव खतिवडाले जात्रामा हुने उश्रृखल ,असामाजिक तत्वलाई निगरानी तथा कारवाहीको दयेरमा ल्याउन सबैसंग सहयोगको अपेक्षा राख्नुभयो । संसद श्रेष्ठले उक्त अवसरमा लाखे आजु समाजबात जात्रामा प्रतिनिधित्वो गर्ने स्वयम् सेवकहरुकालागि लाखे आजु चित्रण गरिएको टिसर्ट सार्वजनिक गर्नुभयो । जात्रा भाद्र २४ बटा प्राम्भ हुनेभएको छ

Loading...