भ्रष्ट्रचारको चरम सिमा पार गरेको स्थानियको आरोप

रौतहट २० भदौ । रौतहटको ईशनाथ नगरपालिकामा नगर प्रमुख संन्तोष कुमार मेहता र प्रमुख निमित प्रशासकिय अधिकृत नन्दकिशोर गुप्तताले नगरपालिकामा नियम कानुनको धजी उडाई भ्रष्ट्रचारको चरम सिमा पार गरेको आरोप स्थानियले लगाएको छ । ईशनाथ नगरपालिका नगर प्रमुख प्रत्यासी रामबचन साहले पत्रकार सम्मेलन गरि सो आरोप लागएका छन् ।

प्रत्यासी साहले निकालेको प्रेस विज्ञप्ती अनुसार सूचनाको हक अधिकार भित्र रहि नियम कानुन संग पटक पटक प्रतिलिपि माग्दा नदिएपछि राष्ट्रिय सूचना आयोगको पुनरावेदन सम्म पुगदा पुनरावेदनले २४ घण्टा भित्र दिने आदेश गरेतापनि नदिएको प्रेस विज्ञप्तिमा उललेख छ ।
ईशनाथ नगरपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत गुप्ता आएपछि बाल पोषण, समाजिक सुरक्षाको रकम तथा ठेक्का पटा वितरण गर्ने कमिशनको भरमा लागुभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकामा पहिले देखि पाउदै आएका जेष्ठ नागरिक तथा वालवालिकाहरुको ४० प्रतिशत भत्ता रकम नपाएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

संधिय मामिला प्रतिवेदनमा आ.व ०७४/०७५ मा १९ करोड २ लाख ७६ हजार रुपैया बेरुजु तथा अनियमितता भएको विज्ञप्तिमा उल्लेख रहेको छ । यस नगरपालिकाको क्रियाकलाप प्रति जिल्ला देखि अख्तियार दुरुपयोग अनुसंनधान आयोग सम्म कार्यवाही भईसेको तर यसै जिल्लाका केहि संसदको मिलोमतोमा शिक्षाको विनिलाई निमित प्रमुख प्रशासकिय अधिकृत बनाई संरक्षण दिने गरेको सो विज्ञप्तिमा उल्लेख रहेको छ ।

शिक्षालाई प्रभावीत बनाउने नेपाल सरकारले कक्षा शिशु देखि ५ सम्मको छात्र छात्राहरुको खाजाको लागि १ करोड ८५ लाख रकम निकासा भएपनि ७२ दिन मात्र वितरण गरि बाँकी रकम हिना मिना गरेको प्रेस विज्ञप्ति मार्फत आरोप लगाएका छन् । साथै सथानिय सरकार गठन भएको दिन देखि अहिले सम्म कुनै विधालयमा छाज्ञबृति वितरण नएको आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ को नगरपरिषद गर्न लाग्दा बहुमत कार्यपालिका सदस्यले आव०७४/०७५ र ०७५/०७६ को आय व्यय तथा प्रगति विवरण माग गर्दा विवाद भएकोमा नगर प्रमुख मेहता र निमित प्रमुख प्रशासकिय अधिकृत गुप्ताले खाना खाने बहनामा निर्णय पुस्तिका लिई फरार भएको कुरा बहुमत सदस्यबाट थाहा पाएपछि यस्तो कार्यप्रति घोर भत्र्सना गरेका थिए ।

Loading...