काठमाडौं, १७ भदौ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा दुई जना व्यक्ति एकै ठाउँमा झुडिएको अवस्थामा फेला परेका छन् ।
गौशालाको पशुपति भण्डारखाल जंगलमा एउटै रुखमा झुण्डिएका अन्तरजातीय जोडी रहेको प्रहरीले जनाएको छ । एउटै रुखमा पासो लगाएर झुण्डिएर आत्महत्या गर्ने खोटाङका ४० वर्षीय जयप्रसाद गिरी र ३३ वर्षीया उमिता दमाई हुन् । महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायव उपरिक्षक प्रदीपबहादुर सिंहले दुई जनाको शव भेटिएको र उनीहरु अन्तरजातीय जोडी रहेको खुलेको बताए ।
डिएसपी सिंहले दुवै पक्षको आफन्तको रोहवरमा सनाखत गरेर पोष्टमार्टमका लागि पठाइसकिएको जानकारी दिए । साथै उनले उनीहरुको साथबाट केही कागज पत्र र मोबाइल भेटिएको जानकारी दिए ।
प्रहरीले यो घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।