गृह मन्त्रालयले करारमा २ हजार कर्मचारी माग्यो : यहाँ बाटै दिनुस् आवेदन

प्रदेश नम्बर ३ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता करारमा नियुक्ति गरेसंगै संघीय सरकारको गृहमन्त्रालयले पनि करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने भएको हो ।

विभागले मंगलवार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करारमा कर्मचारी भर्ना गर्न आवेदन माग गरिएको छ । ७ सय ५३ स्थानीय तह तथा जिप्रकासमेतमा गरी १९ सय ८९ जनाका लागि दरखास्त आव्हान गरिएको छ ।

कम्प्युटरमा व्यक्तिगत घटना दर्ता गर्ने एम आइ एस अपरेटर (सुब्बा सरह) ९ सय ९४ जना र फिल्ड सहायक (खरिदार सरह )
९ सय ९५ जना गरी १९ सय ८९ जना पदपूर्तीका लागि दरखास्त आव्हान गरिएको हो ।

१५ दिनको सिमयसीमा तोकिएको दरखास्त आह्वानको विज्ञापनको दरखास्त दिने अन्तिम मिति भदौ मसान्त सम्म तोकिएको छ । ४० वर्ष सम्म उमेरका इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत आवेदन भर्न सक्ने सूचनामा जनाइएको छ ।

आवेदन भर्न यहाँ क्लिक गर्नुस्

हेर्नुस् सूचना

Loading...