रवि नछुटेपछि उनका समर्थक आक्रोसित : प्रदर्शनकारीको आक्रमणमा परि डीएसपी अस्पताल भर्ना

दिनभर शान्त देखिएको चितवन साँझ पर्ना साथ् अशान्त बनेको छ । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछाने छुट्ने आसमा बसिरहेको उनका समर्थकले उनी नछुटे पछि आक्रोस देखाउदा चितवन अशान्त बनेको हो ।

लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा एक डिएसपी सहित आधा दर्जन प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । डिएसपी एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएका र उनीहरुको अस्पताल उपचार भैरहेको बताइएको छ । झडपमा परि उत्तिकै संख्यामा प्रदर्शनकारी पनि घाइते भएका छन् ।

आक्रोसित भीडले एक्कासी प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेका थिए । अहिले चितवनमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । अस्मिताको आइतवार बयान सकिएपनि रवि र युवराजको बयान सोमबार हुने बताइएको छ । उनीहरु साउन ३० देखि चितवन प्रहरीको नियन्त्रणमा रहेका छन् ।