सुष्मा स्वराजपछि मोदीका अघिल्लो कार्यकालका अर्थमन्त्री अरुण जेटलीको निधन

काठमाडौं, ७ भदौ । भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । केहीदिन अघिदेखि अस्पतालमा भर्ना भएका जेटलीकाे शनिवार निधन भएकाे हाे ।

श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका थिए। अस्पतालमा पनि उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो।

६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। भारतीय लोकसभाका सांसद समेत रहेका जेटलीलाई मोदीले आफ्नो दोस्रो कार्यकालमा पनि मन्त्रीकाे जिम्मेवारी दिने तयारी गरेका थिए । तर, उनले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै कुनै जिम्मेवारी नलिने बताएका थिए ।

अस्पतालमा रहँदा जेटलीलाई भेट्न प्रधानमन्त्री मोदीसमेत गएका थिए । पछिल्लो समय भाजपाले दुई ठूला नेता गुमाएको छ । अघिल्लो महिनामात्रै पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको थियो ।