भौगर्भिक समाजको अध्यक्षमा घिमिरे

काठमाडौँ, ७ भदौ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो ।

समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वाचित भएको भूगर्भविद् डा कृष्ण देवकोटाले जानकारी दिए ।

यसैबीच, सदस्यमा दीपक गौतम, गोपाल भण्डारी र सुभास आचार्य निर्वाचित भएका छन । निर्वाचन हुने आठ पदमध्ये अध्यक्ष र सदस्यबाहेक सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनित गर्नेछन् ।

दुई वर्षे कार्यकालका लागि भएको समाजको निर्वाचनमा ९३४ मतदाता रहेकामा ५४८ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष घिमिरेले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषत बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।

Loading...