रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लगिदैं, सर्वसाधारणद्धारा नाराबाजी

३१ साउन, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नियन्त्रणमा लिइएका न्युज २४ का पत्रकारद्धय रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

विहिबार महाराजगन्जस्थित न्युज २४ को कार्यालयबाट पक्राउ गरेर चितवन लगिएका पत्रकारद्धय र कार्कीलाई जिल्ला अदालत भरतपुरमा म्याद थपका लागि लैजान लागिएको बताइएको छ ।

Image result for पत्रकार लामिछाने

पत्रकार लामिछाने निर्शत रिहाइ हुनुपर्छ भन्दै सर्वसाधारणहरुले भरतपुर जिल्ला प्रहरी कार्यालयमा नाराबाजी गरिरहेका छन् । उनीहरुले रविले राम्रो काम गरको र उनीको कामबाट आत्तिएकाहरुले यस्तो षडयन्त्र गरेको आरोप समेत लगाएका छन् ।

स्मरण रहोस्, साउन २० गते नारायणगढको बसपार्कस्थित कंगारु होटलमा आत्महत्या गरेको भनिएका नुवाकोट कुमरीका पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नुभन्दा पहिले भिडियो रेर्कड गरेर पत्रकार लामिछाने, कंडेल र डिपेन्डेमा अष्ट्रेलिया लैजान लागेको भनिएकी ओखलढुंगाकी नर्स अस्मिता कार्कीका बारेमा बताउँदै आफूलाई रवि लामेछानेले मर्न बाध्य बनाएको भनेका थिए ।

Loading...